काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २४६ कम्पनीको ८० लाख ९२ हजार ७ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सानिमा बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ६७ करोड २ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा खप्तड लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा कुमारी धनवृद्धि योजना, ग्रिन भेन्चर लिमिटेड, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था, सानिमा लार्ज क्याप फण्ड र अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सानिमा बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ६७ करोड २ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, नबिल बैंक,रिडी पावर,ग्लोबल आइएमइ बैंक र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा नदेप लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत भन्दा धेरैले घटेको हो । नदेपको सेयरमा यस्तो गिरावट आउँदा ग्लोबल आइएमइ बैंक, सिटिजन्स म्युचुअल फण्ड-१, शिवम् सिमेन्ट, नारायणी डेभलपमेन्ट बैंक र साधना लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्