काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २५३ कम्पनीको ३५ लाख १२ हजार ८ सय ३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १० करोड ९३ लाख ६७ हजार ९ सय २६ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा समिट लघुवित्त वित्तिय संस्था, मैलुंग खोला जल विद्युत, ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, धौलागिरी लघुवित्त वित्तिय संस्था र आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १० करोड ९३ लाख ६७ हजार ९ सय २६ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, हिमालयन डिष्ट्रिलरी, एनआइसी एशिया बैंक, रिडी पावर कम्पनी र ग्लोबल आइएमइ बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा नदेप लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । नदेपको सेयरमा यस्तो गिरावट आउँदा पाँचथर पावर, नेपाल इन्भेस्टमेन्ट बैंक, शिव श्री हाइड्रोपावर, सानिमा लाइफ इन्स्योरेन्स र स्वत-गंगा हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्