×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार १६.९७ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ३६ करोडमाथिको कारोबार

PRIME CA

सोमबार १६.९७ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ३६ करोडमाथिको कारोबार

अर्थ सरोकार

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १६.९७ अंकले बढेर १९०२.२८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २४५ कम्पनीको ४४ लाख ७० हजार ६ सय २५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको २१ करोड ३२ लाख ४१ हजार ६ सय ८२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा समिट लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सीवाईसी नेपाल लघुवित्त, नेपाल दूरसंचार कम्पनी, आदर्श लघुवित्त वित्तिय संस्था, धौलगिरि लघुवित्त वित्तिय संस्था र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको २१ करोड ३२ लाख ४१ हजार ६ सय ८२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा कुमारी बैंक लिमिटेड प्रमोटर सेयर,शिवम् सिमेन्ट, आशा लघुवित्त वित्तिय संस्था, हिमालयन डिष्ट्रिलरी र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । ग्लोबल आइएमईको सेयरमा यस्तो गिरावट आउँदा कुमारी धनवृद्धि योजना, मैलुंग खोला जल विद्युत, नबिल बैंक, अपर हेवा खोला हाइड्रोपावर र १० % प्रभु बैंक डेबेन्चर २०८४ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: