×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार २.६२ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बुधबार २.६२ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

२८ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २.६२ अंकले घटेर १८९७.०८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २४६ कम्पनीको २० लाख ८७ हजार ८ सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा ७२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ५ करोड ३९ लाख १३ हजार १ सय ८९ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा इस्टर्न हाइड्रोपावर, धौलागिरी लघुवित्त वित्तिय संस्था, रसुवागडि हाइड्रोपावर कम्पनी, खप्तड लघुवित्त वित्तिय संस्था र विन नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ५ करोड ३९ लाख १३ हजार १ सय ८९ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा  एग्रिकल्चर डेभलपमेन्ट बैंक, नबिल बैंक लिमिटेड, रिडी पावर कम्पनी, रसुवागडि हाइड्रोपावर र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगटिभ सर्किट लागेको हो । पिपुल्सको सेयरमा यस्तो गिरावट आउँदा किसान लघुवित्त वित्तिय संस्था, अजोड इन्स्योरेन्स, समिट लघुवित्त वित्तिय संस्था, एनएमबि हाइब्रिड फण्ड एल-१ र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी