×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ८६ करोडमाथिको कारोबार

GLOBAL IME BANK

बिहिबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ८६ करोडमाथिको कारोबार

१४ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.०३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २५७ कम्पनीको ८० लाख २४ हजार ५ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड १४ लाख ७१ हजार ५ सय ३३ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहीबारको सेयर बजारमा हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सानिमा लाइफ इन्स्योरेन्स, श्रीजनशिल लघुवित्त वित्तिय संस्था, धौलागिरी लघुवित्त वित्तिय संस्था, अजोड इन्स्योरेन्स लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स र स्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रकशनका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड १४ लाख ७१ हजार ५ सय ३३ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल दूरसंचार कम्पनी, रिडी पावर कम्पनी, एनआइसी एशिया बैंक, नबिल बैंक र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा ८.५ % नेपाल बैंक डेबेञ्चर २०८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । ८.५ % नेपाल बैंक डेबेञ्चरको सेयरमा यस्तो गिरावट आउँदा एनएमबि ५०, एनआइबिएल सम्वृद्धि फण्ड-२, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, नबिल ब्यालेन्स फण्ड-२ र एभरेस्ट बैंक डेबेञ्चरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: