×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा बस्दै, १६.५१ प्रतिशत लाभांश पारित हुने, के-के छन् अन्य एजेण्डा ?

PRIME CA
GLOBAL IME BANK

आइतबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा बस्दै, १६.५१ प्रतिशत लाभांश पारित हुने, के-के छन् अन्य एजेण्डा ?

२५ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लाभांश पारित गर्ने प्रस्तावसहित स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा आइतबार बस्दैछ । मंसिर २५ गते बैंकको ३६औं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुने भएको हो ।

सभामा बैंकले गतवर्षको नाफाबाट लगानीकार्ताका लागि प्रस्ताव गरेको १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

लाभांस पारितसँगै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुने बैंकले जनाएको छ । त्यस्तै, बैंकले वार्षिक साधारण सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पेश गरिने जनाएको छ ।

सभा प्रयोजनका लागि भन्दै बैंकले मंसिर ७ गते बुक क्लोज गरिसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: