Skip to content
LAXMI SUNRISE BANK

बैंकको ब्याज तिर्न नसक्दा अर्का व्यापारीले पनि देहत्याग गरे, देशभरको स्थिति भयावह !

अर्थ सरोकार

काठमाडौं । ‘व्यापारी’ र ‘आत्महत्या’ शब्द सुन्नेबित्तिकै धेरैले सम्झिने अर्को शब्द हो ‘ब्याज’ । पछिल्लो समय बैंकको चर्को ब्याजदर र बिग्रिएको व्यवहारका नतिजा धेरै व्यापारीहरुले आत्महत्याको बाटो तय गर्न थालेका छन् । यसैबीच सिरहामा १० वर्षदेखि व्यापार गर्दै आएका एक व्यापारीले बैंकको चर्को ब्याजदरका कारण आत्महत्या गरेका छन् ।

पूर्वी तराईको सिरहा गोलबाजारमा रहेको राजदेवी इन्टरप्राइजेजका संचालक समेत रहेका पप्पु महासेठले आत्महत्या गरेका हुन् । ‘अहिलेको अर्थतन्त्रमा सर्भाइभ हुन गाह्रो छ, व्यापार झनै छैन’, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘व्यापार व्यवसाय चौपट छ, बैंकको ब्याज आकाशियको छ, सोही भार थेग्न नसकेर सिरहाका व्यापारी पप्पु महासेठले देह त्याग गरे ।’

‘अहिले व्यापार छैन । ग्राहकको फ्लो कम भएको छ । त्यसैमाथि बैंकको ब्याजदर तिर्नै नसक्ने गरी बढेको छ’, उद्योग व्यापार संघ गोलबजारका महासचिव राकेश गुप्ताले भने, ‘बैंकको चर्को ब्याजदर र आर्थिक संकट र बैंकको प्रेसर झेल्न नसकेरै महासेठले आत्महत्या गर्नुभएको हो ।’ गुप्ताका अनुसार महासेठको निधनको शोकमा बुधबार गोलबजारका सम्पूर्ण पसल बन्द गरिएको थियो ।

यसो त बैंकको चर्को ब्याजदर र प्रेसरका कारण व्यापारीले देह त्याग गरेको यो पहिलो घटना भने होइन । ‘यो एकदुई जनाको मात्रै नभएर समग्र व्यापार क्षेत्रकै चुनौतीका रुपमा स्थापित भएको समस्या हो’, महासंघका अध्याक्ष शेखर गोल्छाले भने, ‘नियामक र सरकार बेलैमा चनाखो नबने यस्ता घटना दोहोरिरहन्छन् ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK