काठमाडौं । सरकारले सकुम्बासीमाथि ज्यादती गरेको भन्दै काठमाडौंका सुकुम्बासीहरु प्रदर्शनमा उत्रिएका छन् । बस्तीको विकल्प नदिने सरकारले उल्टै उठिबास लगाएर दमन गरेको भन्दै सुकुम्बासीहरुले सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउन खोज्दा आक्रमण गर्नेहरुमाथि महानगरले दिएको जाहेरी फिर्ता गर्न माग गरेका छन् । ‘विकल्पबिना हाम्रो उठिबास लगाउन पाइदैन’, एक प्रदर्शनकारीले भने, ‘हामीमाथि राज्यले अन्याय गरेको छ । त्यसको भरपाई पनि राज्यले नै गर्नुपर्छ ।’
प्रदर्शनकारीहरुले ‘भूमी र बास अधिकारका लागि मेरो शान्तिपूर्ण यात्रा’, ‘मानव सभ्यता सहितको सम्पन्न समाज हुनुपर्छ’, ‘जमिनमाथिको मेरो अधिकार सुनिश्चित गरियोस्’, ‘हामी विकासका बाधक होइन, विकासका साधक पनि हौँ’ लगायतकाक पर्चा पम्प्लेट प्रदर्शन गरेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्…

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्