Skip to content
LAXMI SUNRISE BANK

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा भट्टराई नियुक्त

अर्थ सरोकार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । कम्पनीको पुस ९ गते बसेको ३३३ औं संचालक समितिको बैठकबाट साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईलाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

भट्टराई नेपाल बिमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सोही दिन अपरान्ह बसेको संचालक समितिको ३३४ औं बैठकमा अध्यक्ष भट्टराईद्वारा संचालकहरु नन्द किशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्त कुमार अग्रवाल एवं प्रिया तायललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । साथै, कम्पनीको संचालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियूक्त भएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK