×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्या र ज्योति लाइफ इन्स्योरेन्सले पुस ७ गतेदेखि एकीकृत कारोबार सुरु गर्दै, नयाँ कम्पनीको नाम ‘सूर्यज्योति’ रहने

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले पुस ७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । कारोबार सञ्चालनका लागि बीमा प्राधिकरणबाट मंसिर २९ गते अन्तिम स्वीकृति पाइसकेका छन् ।

पुस ७ बिहीबारदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु हुने कम्पनीले जनाएको छ । मर्जरपछि बनेको कम्पनीको अध्यक्षमा सूर्या लाइफका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफ इन्स्योरेन्सका प्रकाश बिक्रम खत्री रहनेछन् । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् ।

मर्जरपछि सूर्या लाइफ इन्स्योरेन्सको १०० कित्ता सेयर बराबर ज्योति लाइफको ८२ कित्ता सेयर अनुपात कायम रहनेछ । दुवै कम्पनीले गत असार १२ गते नै मर्जर सम्बन्धी सम्झौता गरेका थिए ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: