×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होटल तथा रेष्टुरेन्टमा दलेहरुको बिगबिगी, राजस्व कार्यालयका कर्मचारी हौँ भन्दै लाखौँ रुपैयाँ असुली !

PRIME CA
GLOBAL IME BANK

होटल तथा रेष्टुरेन्टमा दलेहरुको बिगबिगी, राजस्व कार्यालयका कर्मचारी हौँ भन्दै लाखौँ रुपैयाँ असुली !

२५ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौंमा राजस्व कार्यालयका कर्मचारी हौँ भन्दै ठगी गर्ने गिरोह पक्राउ परेको छ । बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट तथा पसलहरुमा आन्तरिक राजस्व कार्यालय लाजिम्पाटका कर्मचारी हौँ भन्दै लाखौं रकम असुली गरेको अरोपमा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामका सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ, कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले नम्कली कर्मचारी बनेर लाखौँ रुपैयाँ असुली गरेको पाइएको छ । ‘राजस्व कार्यालयको कर्मचारी हौँ भन्दै रकम असुलेको सूचना पाएका थियौँ’, प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराले भने, ‘उनीहरुले राजस्व कार्यालयको जस्तै पोशाक र परिचयपत्र समेत प्रयोग गर्ने रहेछन् ।’

एसएसपी बोहराका अनुसार पक्राउ परेका राजिव विष्टको डेराबाट आन्तरिक राजस्व कार्यालयको जस्तै स्ट्याम्प, लेटरप्याड, रसिद र परिचयपत्र भेटिएको छ । त्यस्तै, डेविड धामीको डेराबाट पनि आन्तरिक राजस्व कार्यालयको जस्तै लेटरप्याड, रसिद, परिचयपत्र र परिचयपत्र झुण्ड्याउने डोरी बारमद गरिएको बोहराले जानकारी दिएका छन् । प्रहरीका अनुसार उनीहरुविरुद्ध हालसम्म चार जना व्यवसायीले लिखित जाहेरी दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: