काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको जरिवाना बढाएको छ । पुस महिनादेखि लागु हुनेगरी उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जरिवाना रकम बढाएको हो ।
ट्राफिक नियमको पालनामा कडाई र सडक दुर्घटना न्युनिकरण गर्नका लागि जरिवाना रकम बढाएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले बताएका छन् ।
‘विगतमा लागु हुँदै आएका ट्राफिक नियमका १६ शिर्षकमा जरिवाना बढेको हो’, एसएसपी भट्टले भने, ‘हिजोका दिनमा ५०० देखि १५०० सम्म जरिवाना तोकिएको १६ शिर्षकमा ५०० मात्रै जरिवाना गराइँदै आएको थियो । तर, अव भने यी शिर्षकमा अधिकतम १५०० रुपैयाँ नै जरिवाना लाग्नेछ ।’
वि.सं. २०७५ सालमा ट्राफिक प्रहरीले अधिकतम जरिवाना गर्न सक्नेगरी प्रत्यायोजन गरिएको अधिकारको आधारमा जरिवाना रकम बढाइएको एसएसपी भट्टको भनाई छ । ‘यसरी जरिवना हामीले हाम्रो लागि बढाएका हैनौँ। यसमा मुख्यतया दुईवटा स्वार्थ छन्’, उनले भने, ‘पहिलो ट्राफिक नियमको पालना हुन्छ, र दोस्रो सडक दुर्घटना न्युनिकरण हुन्छ ।’
एसएसपी भट्टका अनुसार कार्वाहीपछि पनि एउटै सवारी चालक पटक-पटक ट्राफिक नियम उल्लंघनमा परेपछि जरिवाना बढाइएको हो ।
यस्ता छन् १५०० रुपैयाँ जरिवाना लाग्ने १६ शिर्षकहरुः
१. ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा
२. सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा
३. सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेमा
४. सडकमा गलत साईड तर्फबाट सवारी चलाएमा
५. एकतर्फी सडकमा सो विपरित सवारी चलाएमा
६. अवस्था ठिक नभएको सवारी चलाएमा
७. राति बत्ति नबाली सवारी चलाएमा
८. सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएमा
९. नम्बर प्लेट नराखी सवारी चलाएमा
१०. सिटबेल्ट नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएमा
११. सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेमा
१२. लापरवाहीका साथ सवारी चलाएमा
१३. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएमा
१४. लाइसेन्स, ब्लुबुक, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएमा
१५. ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएमा
१६. हर्न बजाउन निषेध गरिएको ठाउँमा हर्न बजाएमा
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्