×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ठुलो हुनु भनेको ठुलो दायित्व बोक्नु हो, ब्याज घटाउने अभियान पनि ग्लोबल आईएमईले नै गरोस्’ : सीएनआई अध्यक्ष

अर्थ सरोकार

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार

PRIME CA

‘ठुलो हुनु भनेको ठुलो दायित्व बोक्नु हो, ब्याज घटाउने अभियान पनि ग्लोबल आईएमईले नै गरोस्’ : सीएनआई अध्यक्ष

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले ठुलो हुनु भनेको ठुलो दायित्व बोक्नु भएको बताएका छन् । देशकै ठुलो बैंक बन्ने गरी सोमबारबाट सुरु भएको ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुबीचको एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले ब्याज घटाउने अभियान पनि ग्लोबल आईएमईले नै सुरु गरोस् भन्ने धारणा राखेका छन् । सबै हिसाबले ठुलो बैंक भईसकेपछि ब्याज घटाउने अभियानको नेतृत्व पनि ठुलो बैंकले नै लिनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भने बैंकले नाफा गरे मात्र अर्थतन्त्र सबल हुने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथिका रुपमा थिए भने नेपाल राष्ट्र बैंकका गभर्नर, लगायतकाकोसमेत कार्यक्रममा उपस्थिति थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: