×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको ऋण नतिरेपछि सांसद चौधरीको सम्पत्ति लिलाम हुँदै, लिलामीको सूचना निस्किएपछि माननीय ‘सम्पर्क बाहिर’ !

PRIME CA

सिद्धार्थ बैंकको ऋण नतिरेपछि सांसद चौधरीको सम्पत्ति लिलाम हुँदै, लिलामीको सूचना निस्किएपछि माननीय ‘सम्पर्क बाहिर’ !

१७ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिद्धार्थ बैंकले कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुण चौधरीको सम्पत्ति लिलामीका लागि १५ दिने सूचना निकालेको छ । कैलालीस्थित सिद्धार्थ बैंकको बौनिया शाखाले बैंकबाट लिएको ऋण नतिरेको भन्दै सांसद चौधरीको धितो लिलामीका लागि सूचना निकालिएको हो ।

चौधरीले बैंकको बौनिया शाखाबाट लिएको ऋणको साँवा, किस्ता र ब्याज नतिरेपछि बैंकिङ प्रक्रिया अन्तर्गत लिलामीका लागि सूचना निकालेको ब्रान्च मेनेजर धिमन्त राज गिरीले बताएका छन् । ‘उहाँले ऋण लिनुभयो तर साँवा, किस्ता र ब्याज तिर्नुभएन’, उनले भने, ‘पटक-पटक किस्ता तिर्नका लागि ताकेता गर्दा पनि समयमा किस्ता नतिरेपछि प्रक्रिया अनुसार धितो लिलामीका लागि सूचना निकालेका हौँ ।’

सांसद चौधरीले कैलालीको लम्कीस्थित एरोम ट्कारेडर्सका नामबाट ऋण लिएका थिए । ऋणको साँवा, किस्ता र ब्याज नतिरेपछि अरुण चौधरीको नाममा रहेको कैलालीको साविक बलिया गा.वि.स–३ स्थित कित्ता नम्बर ७८० र १६७३ को क्षेत्रफल १६९.३२ वर्ग मिटर रहेको घर-जग्गा सहितको सम्पत्ति लिलामीका लागि सूचना निकालेको बैंकले जनाएको छ ।

सूचना जारी भएको १५ दिनभित्र बैंकमा तिर्नुपर्ने बक्यौता रकम चुक्ता गरेमा लिलामी प्रक्रिया रोक्न सकिने सूचनामा उल्लेख गरिएको छ । तर, सूचना निकालेको ९ दिन हुँदासम्म पनि चौधरी बैंकको सम्पर्कमा नआएको बैंकको लम्की शाखाका शाखा प्रबन्धक धिमन्त राज गिरीको भनाई छ ।

यसअघि पटक–पटक मौखिक एवम् लिखित तोकता गर्दा समेत सम्पर्कमा नआएपछि बैंकले कर्जा चुक्ता भुक्तान गर्न आउन भनी ३५ दिने सूचना समेत सार्वजनिक गरेको साखा प्रबन्धक गिरीको भनाई छ । पहिलो र दोस्रो पटक पुनः ३५ दिने सार्वजनिक सूचना निकाल्दासमेत सम्पर्कमा नआएपछि धितो लिलामीको प्रक्रिया अघि बढेको सूचनामा उल्लेख गरिएको छ ।

चौधरी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनको धितोबाट रकम असुली नभएको खण्डमा बैंक ऋण असुली न्यायाधिकरणमा जानेछ । उनी कालोसूचीमा परेको खण्डमा उनको सांसद पद पनि धरापमा पर्नसक्ने देखिएको छ ।

अहिले भने उनको फोन अफ छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: