×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘यात्रा सहज छैन, तर हामी गन्तव्यमा पुग्नेछौं’ : सिइओ शेरचन

PRIME CA

‘यात्रा सहज छैन, तर हामी गन्तव्यमा पुग्नेछौं’ : सिइओ शेरचन

२६ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड प्रभु बैंकमा बिलय भएको छ । मंगलबारबाट एकीकृत कारोबार सुरु भएसँगै सेञ्चुरी कमर्सियल बैंक औपचारिक रुपमा प्रभु बैंकमा बिलय भएको हो । पुस १७ गते दुवै बैंकलाई राष्ट्र बैंकले मर्जरलाई अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि मर्जपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा मनोज न्यौपाने हुनेछन् । संचालक समितिमा प्रभु बैंकबाट ४ र सेञ्चुरीबाट ३ जना रहने छन् ।
मर्जरपछि बन्ने बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब, चुक्ता पुँजी २३ अर्ब भन्दा बढी, कुल निक्षेप २ खर्ब ८४ अर्ब, कुल कर्जा लगानी २ खर्ब ५३ अर्ब, शाख संख्या ३६५, एटिएम ३०९, एक्सेन्टस काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी हुने बैंकले जनाएको छ । मर्जरपछि बैंक अझ शसक्त हुने प्रभुको दाबी छ । दुई बैंक एक भएसँगै ‘सिनर्जी’सहित अगाडी बढ्नेमा प्रभु बैंकको जोड रहेको छ । प्रभु बैंककै प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकको एकिकृत कारोबार सुरु भएको हो ।

यसैबीच शुभारम्भ कार्यक्रममा हामीले बैंकका सीइओ अशोक शेरचनसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, अर्थ सरोकारकर्मी सुदर्शन श्रेष्ठले गरेको ३ प्रश्न र शेरचनको जवाफ :

१. मर्जरपछि बैंक ठूलो बनेको छ, बैंक ठूलो भएसँगै चुनौती पनि ठूलै होलान्, कस्तो अनुभूति गरिरहनुभएको छ ? 
पक्कै पनि चुनौति थपिएको छ । तर, भईरहेकै चुनौतिको सामना गर्नका लागि हामीले मर्जर गरेका हौँ । र हामीलाई यो मर्जरले चुनौति भन्दा धेरै अवसर सृजना गर्नेछ भन्ने विश्वास छ । सँगै आगमी दिनमा हामी त्यही अनुसार नै आफ्ना गतिविधी अघि बढाउछौँ । यात्रा पक्कै पनि सहज छैन । यसअघि थुप्रै चुनौतिको सामना गर्दै हामी अगाडी बढेका हौँ, र यसपाली पनि हामीले थुप्रै चुनौतिहरु पार गर्दै जानुपर्नेछ । तर हामीले तय गरेको लक्ष्यमा हामी पुगेरै छोड्नेछौं भन्ने विश्वास छ ।
२. मर्जरपछि बैंकको सेवा पनि केही फरक हुन्छ कि ?
ग्राहकलाई लक्षित गर्दै हामीले समय-समयमा फरक सेवा ल्याई नै रहेका छौँ । यसपाली मर्जरपछि पनि केहि फरक अवश्य हुनेछ । केही समय अघिमात्रै हामीले ‘डिजी बैंक’ सेवा प्रयोगमा ल्याएका छौं । थुप्रै नयाँ सेवाहरु पाईपलाईन मै छन् । ती सेवाहरु हामी छिट्टै ग्राहकमाझ ल्याउछौँ ।
३. ग्राहक तथा शुभेच्छुकहरुलाई तपाईको सन्देश के छ ?
 एकीकृत कारोबार शुभारम्भको यो अवसरमा म, हाम्रा सम्पूर्ण ग्राहक तथा शुभेच्छुकहरुलाई धन्यवाद दिन चाहन्छु ।  पहिलाको जस्तै सहयोग, सुझाव र सद्भाव प्रकट गरिदिन अनुरोध पनि गर्दछु । र मर्जरपछि पनि हाम्रा सेवाहरु अझै परिस्कृत बन्ने कुरामा म विश्वास दिलाउन चाहान्छु ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: