×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माघदेखि बैंकको ब्याज घट्ने सम्भावना अधिक !

PRIME CA

माघदेखि बैंकको ब्याज घट्ने सम्भावना अधिक !

२१ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सरकारले नै चासो देखाएपछि माघदेखि बैंकको ब्याज घट्ने देखिएको छ । तरलताको समस्या पनि सुल्झिएको, बजारमा लगागीयोग्य रकम थुप्रिएको, र यहि बेला सरकारले पनि ब्याज घटाउन राष्ट्र बैंकलाई अनुरोध गरेजसरी निर्देशन दिनुले बैंकको ब्याज घट्ने देखिएको हो । त्यसमाथि व्यवसायीहरुको आन्दोलनलाई सम्बोधन गर्ने भन्दै अर्थमन्त्री र प्रधानमन्त्री नै लागेपछि उनीहरुका मागमध्येको एक ब्याज पनि घट्ने देखिएको छ ।
बैंकिङ विज्ञ तथा पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्री माघ देखि ब्याज घट्ने सम्भावना ठुलो रहेको दाबी गर्छन् । ‘पुषमै ब्याज घट्ने सम्भावना बढी थियो । विविध कारणले बैंकहरु त्यसमा अग्रसर भएनन् । सबै कुरा हेर्दा माघमा ब्याज घट्ने नै देखिन्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने -‘ब्याज घट्नका लागि अरु कुनै चीज बाधक देखिंदैन ।’
राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरु पनि माघदेखि ब्याज घट्न सक्ने सम्भावना ठुलो रहेको बताउँछन् । ‘अव सबै कुरा ठिक भएछि ब्याज यहि राख्नुपर्ने वा बढाउनुपर्ने कुनै पनि कारण छैन । बढाउनुपर्ने त कारण नै छैन, यथास्थितिमा राख्ने पनि कुनै कारण छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने -‘ब्याज घटाउनुपर्ने कारण बरु धेरै छन् । त्यसैले पनि ब्याज घट्ने सम्भावना बढी छ ।
बैंकर्स एसोसिएसन पनि ब्याज घटाउने विषयमा पुष अन्तिमतिर औपचारिक बैठक बस्दैछ । सम्भवत: सो बैठकले ब्याज घटाउने निर्णय गर्नेछ ।
यता, व्यवसायीहरुहरु पनि अव ब्याज घट्नुको कुनै पनि विकल्प नरहेको दाबी गर्छन् । ब्याज नघटे आफुहरु पुन: राजनीतिक लविङमा लाग्ने तयारी व्यापारीहरुको छ । नेपाल उद्योग बाणिज्य महासंघको चुनाव आईरहेका बेला अव एजेण्डा नै नभएका उनीहरुका लागि ब्याज घटाउनुपर्यो भन्ने एजेण्डा मुख्य एजेन्डा बन्न सक्छ भन्ने तथ्यबारे सरकार जानकार छ । त्यसैले पनि ब्याज घट्ने सम्भावना बढी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: