काठमाडौं । भोकमरी सूचकांकमा नेपाल दक्षिण एशियामा सबैभन्दा बलियो देखिएको छ । सन् २००० मा जोखिमपूर्ण रहेको नेपालमा भोकमरीको अवस्था सुधारोन्मुखसंगै दक्षिण एशियामा अन्य मुलुकको तुलनामा बलियो देखिएको हो । विश्व भोकमरी सूचकांक प्रतिवेदन २०२२ अनुसार नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख देखिएको हो ।
यसअघि सन् २००० मा भोकमरीको सूचकांकमा नेपालले ३७.० अंक पाएको थियो । जुन समयमा नेपालमा भोकमरीको उच्च जोखिम मुल्यांकन गरिएको थियो । त्यसपछि सन् २००७ र सन् २०१४ मा नेपालको अवस्था गम्भीर तर जोखिमपूर्ण अवस्थामा सुधार देखिएको थियो । जुनबेला नेपालले क्रमशः ३०.० र २१.२ अंक पाएको थियो ।
हाल भने नेपालमा भोकमरीको अवस्था अघिल्लो वर्षको तुलनामा सुधार देखिएको छ । सन् २०२२ को प्रतिवेदनअनुसार नेपालले १९.१ अंक पाउँदै भोकमरीको सूचीमा ८१औँ स्थानमा देखा परेको छ ।
यता विश्व भोकमरीको सूचकांकमा भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान नेपालभन्दा कमजोर देखिएका छन् । बंगलादेश १९.६ अंकसहित ८४औं स्थानमा बंगलादेश छ भने २६.१ अंकसहित सूचीको ९९औं स्थानमा पाकिस्तान छ । यस्तै २९.१ अंकसहित भारत विश्व भोकमरीयुक्त मुलुकको १०७ औं स्थानमा छ भने २०।९ अंक पाएको अफगानिस्तान दक्षिण एशियाली क्षेत्रमा ११०औं सूची सहित अन्तिममा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्