काठमाडौं । मंगलबार नव नियुक्त मन्त्रीहरुले शपथसँगै पदभार ग्रहण गरे । राष्ट्रपति कार्यालयमै पुगेर शपथ लिएकाहरुमध्ये अधिकांश अनुहार नयाँ देखिन्थे । तर, ती मध्ये केही अनुहार पुरानै थियो, अझ भनौँ पुरानो मात्र होइन विवादित नै थियो ।
पूर्व वनमन्त्री एवं कालिका कन्स्ट्रक्सनका अध्यक्ष समेत रहेका विक्रम पाण्डेले पनि मंगलबार पद तथा गोपनियताको शपथ लिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट शहरी विकास मन्त्री भएसँगै शपथ लिएका पाण्डेले मंगलबार नै पदभार ग्रहण गरे । शहरी विकास मन्त्रीका रुपमा ठेकेदार पृष्ठभूमिका पाण्डेले पदभार ग्रहण गरेसँगै चौतर्फि आलोचना सुरु भएको छ ।
७ पुसमा सांसदको शपथ खाँदा ‘भ्रष्टाचार गर्नु आमाको रगत खाएसरह हो’ भन्दै भ्रष्टाचार नगर्ने भन्दै प्रतिबद्धता जनाएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचार मुद्धा खेपेका विक्रम पाण्डेलाई शहरी विकास मन्त्री बनाएसँगै आलोचना सुरु भएको हो ।
यसअघि पाण्डेमाथि सिक्टा सिँचाई आयोजना निर्माणका क्रममा गुणस्तरहीन काम गरेर दुई अर्ब १३ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको थियो । त्यसबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डे विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धासमेत दर्ता गराएको थियो ।
यसो त पाण्डे त्यसबेला चार करोड रुपैयाँ धरौटी तिरेर रिहा भएका हुन् । विशेष अलादतमा भ्रष्टाचार मुद्धा खेपिरहेका पाण्डेले यसअघि भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरे पनि सत्ता गठबन्धनमा उनी शहरी विकास मन्त्री बनेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्