काठमाडौँ । पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्रीले बैंकहरु तरलता संकटबाट बाहिर आएको बताएका छन् । पछिल्लो अवस्था हेर्दा बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त भएको तर बैंकहरुसँग ऋण माग्न आउनेहरु नै घटेको बताउँदै उनले अव व्याज पनि घट्ने दाबी गरेका छन् । अर्थ सरोकार डटकमद्वारा प्रस्तुत साप्ताहिक आर्थिक टेलिभिजन कार्यक्रम ‘बिज एण्ड ब्रेन’मा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले पछिल्लो तरलताको अवस्था, बैंकमा घटेको ऋणको माग, त्यसको कारण लगायत विविध विषयमा प्रकाश पारेका छन् भने बैंकहरुले नियम मिचेर उठाएको रकम समयमा फिर्ता नहुँदा उपभोक्ता मारमा परेको तथ्यबारे पनि बोलेका छन् । कतिपय बैंकहरुले लाभांश नदिएको विषयमा सेयरधनीहरुले प्रश्न उठाईरहेका बेला उनले लाभांश नदिनु गलत नभएको र यसले हुने फाइदाहरुसमेत रहेकोसमेत बताएका छन् । लाभांश नबाँडेको रकम बैंकसँग नै सुरक्षित हुने हुनाले यसमा खासै समस्या नरहेको बताउँदै उनले सर्ट टर्म खेलाडीलाईमात्र यसले असर गर्ने बताएका छन् ।
उनीसँग कार्यक्रममा समग्र बैंकहरुको अहिलेको अस्थिति, कर्जाको माग, लगायतका विषयमासमेत कार्यक्रममा संवाद गरिएको छ । प्रस्तुत छ, उनै कुँवरसँग गरिएको यो विशेष कुराकानी ।
कार्यक्रम बिज एण्ड ब्रेन हरेक मंगलबार बेलुकी ९ बजे स्पेस फोके टेलिभिजनमा प्रशारण हुन्छ भने लगत्तै अर्थ सरोकार डटकमको अफिसियल युट्युब च्यानलबाट पनि प्रशारण हुन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्