काठमाडौँ । अव बैंकका ऋणीहरु पनि एकतृत हुने भएका छन् । विभिन्न बैंकहरुले गैरकानुनी रुपमा असुल गरेको प्रिमियमको रकम फिर्ता गर्दा ब्याज नदिएको, बैंकहरुले ग्राहकहरुलाई गर्ने व्यवहार चित्तबुझ्दो नभएको, बैंकहरुले पटक पटक ग्राहकहरुलाई धम्की दिएको, गलत ठाउँमा ऋण दिने तर सहि ठाउँमा लगानी गर्न आनाकानी गरेको, किर्ते गरेर सम्पत्ति खान खोजेको, भनेको रकम नदिएको लगायतका गुनासाहरु बढेपछि ऋणीहरु एकतृत हुने भएका हुन् ।
अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम बिज एण्ड ब्रेनमा बोल्दै अभियानता दिपेन्द्र कंडेलले अव ऋणीहरुको संगठन खुल्ने र आफुलाई यो काममा धेरैले सहयोग गर्ने बताएका छन् । उनले बैंकहरुको बैंकर्स संघ हुँदा ऋणीहरुको संघ नभएको बताउँदै अव त्यसको नेतृत्व आफुले लिने बताएका छन् ।
अहिले बैंकको ब्याज चर्को भएको, ७.५ प्रतिशतमा लिएको ब्याज १७ प्रतिशतसम्म पुगेको लगायतका गुनासाहरु आईरहेकाले अव ऋणीहरु एकतृत हुनुको विकल्प नरहेको उनको भनाई छ । कार्यक्रममा उनले बैंकहरुले ग्राहकलाई दिईरहेको पीडा, ट्राइपार्टी एग्रीमेन्टका नाममा बैंकहरुले नियम मिचेर कर्जा दिईरहेको लगायतका तथ्यको पनि उजागर गरेका छन् । प्रस्तुत छ उनै अभियानता कंडेलसँग गरिएको यो कुराकानी :
(भिडियो)
कार्यक्रम बिज एण्ड ब्रेन हरेक मंगलबार बेलुकी ९ बजे स्पेस फोके टेलिभिजनमा प्रशारण हुन्छ भने लगत्तै अर्थ सरोकारको युट्युब च्यानलबाट सो कार्यक्रम सार्वजनिक हुन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्