काठमाडौं । माघ १ गते (आइतबार)देखि लागु हुनेगरी वाणिज्य बैंकहरुले ब्याजदर घटाएसँगै विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि ब्याजदर घटाएका छन् ।
यसअघि ब्याजदर घटाउने बैंकर्स संघले निर्णय गरेलगत्तै डेभलपमेन्ट बैंकर्स एशोसियसनले पनि ब्याज घटाउने निर्णय गरेको थियो । सोही अनुसार माघ १ गतेदेखि लागु हुनेगरी विकास बैंकहरुले मुद्धती निक्षेपको ब्याजदर पुस महिनाको भन्दा ०.८५ प्रतिशतले घटाएका छन् ।
योसँगै विकास बैंकहरुले माघ महिनाको लागि एक वर्षे व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर १२ प्रतिशत कायम गरेका छन् ।
त्यस्तै, अधिकांश फाइनान्स कम्पनीहरुले पनि ब्याजदर घटाएका छन् । पुस महिनामा साढे १३ प्रतिशत ब्याजदर दिँदै आएका फाइनान्स कम्पनीहरुले ब्याजदर घटाएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्