काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा आर्थिक संकट देखिएको बताएका छन् । विश्वभर परेको आर्थिक मन्दीको प्रभाव सन् २०२३ मा नेपालमा पनि देखिएको बताउँदै गभर्नर अधिकारीले यही कारण नेपालमा निर्माण क्षेत्रमा सुस्तता देखिएको बताएका हुन् ।
त्यस्तै, कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्रमा थप चुनौति थपिएको बताएकी छन् । तरलता संकुचनसहित बाह्य क्षेत्रमा देखिएको दबाब, उत्पादनमुलक क्षेत्रमा कमजोर लगानी विस्तार र आन्तरिक उत्पादनमा वृद्धि गर्न नकस्दा अर्थतन्त्रमा थप चुनौती थपिएको राष्ट्रपति भण्डारीले बताएकी हुन् ।
यता पूर्व अर्थमन्त्री तथा गभर्नर युवराज खतिवडाले आर्थिक र वित्तीय सुशासनमा आफ्नो क्षमताले भ्याएसम्म काम गरेको भन्दै वित्तीय प्रणालीले एक दशकमा ठूलो फड्को मारेको बताएका छन् । बाँकी भिडियोमा हेर्नुहोस्…
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्