काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार सिटिजन्स बैंक उँधोगतिमा देखिएको छ ।
समिक्षा अवधिसम्ममा बैंकको नाफा ३२.११ प्रतिशतले घटेको छ । गतवर्ष सोही अवधिमा १ अर्ब २३ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको बैंकको नाफा यसवर्ष भने ३२.११ प्रतिशतले घटेर ८४ करोड १३ लाख ३३ हजार रुपैयाँमा सिमित भएको छ ।
बैंकका अनुसार दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी १८.८८ प्रतिशतले बढेर २ अर्ब ८४ करोड ५७ लाख ८७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २९.७१ प्रतिशतले घटेर १ अर्ब १९ करोड १९ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, यसवर्ष बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि गिरावट आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १७ रुपैयाँ ४५ पैसा रहेको बैंकको ईपीएस यसवर्ष घटेर ११ रुपैयाँ ८५ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १४० रुपैयाँ ५२ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्