काठमाडौं । कमोडिटी मार्केट चलाएर ठगी गरेको आरोपमा थप ३ जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले धितोपत्र ऐन विपरित कमोडिटी बजारको नाममा ठगी गर्ने थप ३ जनालाई पक्राउ गरेको हो ।
यसअघि प्रहरीले कमोडिटी बजारको नाममा ठगी गरेको भन्दै स्पेल इन्भेष्टमेन्ट प्रालिका सञ्चालक सुनिल श्रेष्ठलाई पक्राउ गरेको थियो । सोही मुद्धामा थप अनुसन्धान गर्दै जाँदा श्रेष्ठकी पत्नी कञ्चन श्रेष्ठ, मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स)का सीईओ जितेश सुरेन्द्रण र मेक्सका प्रवक्तासमेत रहेका थप एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कमोडिटी मार्केटका नाममा ठगी गरेको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताएका छन् । ‘उनीहरुले कमोडिटी मार्केटमा लगानी गरिदिने भन्दै पैसा उठाउने गरेका रहेछन्’, एसपी मैनालीले भने, ‘पिडितहरुकै उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो, थप अनुसन्धान गर्दैछौँ ।’
वस्तु विनिमय बजार सम्बन्धी नियमावली २०७४ लागु भएसँगै एक्सचेन्ज कम्पनीहरु धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने भए पनि स्पेल इन्भेष्टमेन्ट प्रालिका सञ्चालक सुनिल श्रेष्ठ सहितको समूहले अवैध रुपमा कारोबार गर्दै आएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
हाल धितोपत्र बोर्डले कमोडिटी बजार सञ्चालनका लागि कसैलाई पनि अनुमति नदिएकोले हाल सञ्चालनमा रहेका कमोडिटी मार्केट अवैध हुन् । कामोडिटी मार्केटबाट ठगिएकाहरुले उजुरी दिने क्रम बढेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्