×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०२२ मा बैंकको कर्पोरेट कम्युनिकेसनका हाकिमहरुको मुभमेन्ट : आवशिस बैंकिङमा टिकेनन्, अरु को-को कता गए ?

PRIME CA
GLOBAL IME BANK

२०२२ मा बैंकको कर्पोरेट कम्युनिकेसनका हाकिमहरुको मुभमेन्ट : आवशिस बैंकिङमा टिकेनन्, अरु को-को कता गए ?

१७ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । बैंकको ब्राण्डसँग काम गर्नुपर्ने भएकाले पनि कुनै पनि बैंकको कर्पोरेट कम्युनिकेसन विभागलाई पनि आजकल महत्वका साथ हेरिने गरेको हुन्छ । विशेषगरी आफ्ना कामहरु मिडियामार्फत आफ्ना ग्राहकसम्म लैजान, बैंकको ब्राण्डसँग सम्बन्धित क्रिएटिभ काम गर्न यो विभागको महत्वपूर्ण हात हुन्छ । यद्यपी यस्ता विभागको काम पछिल्लो समय संचारमाध्यममा समाचार रोक्ने, एजेन्सीका नाममा राजनीति गर्ने लगायत बढी हुने गरेको तीतो यथार्थ त छँदै छ, संचारमाध्यममा ‘क्रिटिकल समाचार’ आएकै कारण कतिपयको जागिरसमेत गएको छ । यहि कारण अहिले यो विभाग निकै कमको रोजाईमा पर्ने गरेको छ । अर्कोतर्फ क्रिएटिभ काम जति एजेन्सीले लैजाने र बैंकले गरेको गल्तीका समाचार बाहिर आउँदा त्यसको अपजश आफुले पाउने हुनाले पनि यो विभागमा रौनकता कम भएको छ । यस्तै र अन्य कारणले बैंकको कर्पोरेट कम्युनिकेसन विभागबाट जागिर छोड्नेहरु बढेका छन् ।
आवशिश ओझा बैंकिङमा टिकेनन्, अमित झा बीमातिर लागे !
सिद्धार्थ बैंकमा केहि समय अघि बैंकको कर्पोरेट कम्युनिकेसन विभाग सम्हाल्नेगरी आएका आवशिस ओझाले बैंक छोडेका छन् । यस विषयमा बुझ्न उनीसँग सम्पर्क गर्न खोज्दा उनले सम्पर्कविच्छेद गरे पनि बैंकका एक उच्च अधिकारीले उनले बैंक छोडेको पुष्टी गरेका छन् । ‘हो आवशिसजी अव सिद्धार्थ बैंकमा रहनुहुन्न । उहाँले व्यक्तिगत कारण देखाएर बैंकको जागिर छोडीसक्नुभएको छ । उहाँले अव म बैंकतिर गर्दिन भन्नुभएको छ ।’ सिद्धार्थ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने । पछिल्लो समय बैंकिङमा नयाँ भएकाले काम गर्न खासै नसकेको भन्दै उनको  कार्यक्षमतामाथि बोर्डमै प्रश्न उठेको चर्चा बाहिर आएको थियो ।  यसअघि हुन्डाईको गाडी बिक्रेता कम्पनीमा ब्राण्डिङ विभाग नै सम्हालेका उनी त्यसपछि बैंकमा आएका थिए । उनी बैंकमा टिक्न सक्दैनन् भन्ने चर्चा त्यतिबेला नै थियो ।
सिटिजन्स बैंक हुँदै, महालक्ष्मी बिकास बैंक गएका अमित झाले पनि बैंकिङ छोडेर बीमा क्षेत्रमा प्रवेश गरेका छन् । महालक्ष्मी बिकास बैंकमा कर्पोरेट कम्युनिकेसन विभाग सम्हालिरहेका उनी बैंक छोडेर पद र पैसा दुवै थप हुनेगोरी नेपाल लाइफ इन्स्योरेन्समा आएका छन् । उनी नेपाल लाइफ इन्स्योरेन्समा कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख बनेका छन् । महालक्ष्मी बिकास बैंकमा उनको काम अहिले मुक्तिनाथ बिकास बैंकबाट गएका बसन्त बस्कीले हेरिरहेका छन् । बसन्तले मुक्तिनाथ छोडेपछि अहिले मुक्तिनाथमा कर्पोरेट कम्युनिकेसन विभागमा दोश्रो बरियतामा रहेकी नम्रता गौतम प्रमुख बनेकी छिन् । गौतम एनआईसी एशिया हुँदै कामना सेवा र कामना सेवा हुँदै मुक्तिनाथ बिकास बैंक पुगेकी हुन् ।
सिटिजन्स बैंकमा घिमिरेको बिदाई, कुमारीमा शाक्यको सरुवा 
यता सिटिजन्स बैंकमा कर्पोरेट कम्युनिकेसन विभाग हेरिरहेकी नीतिका घिमिरे सिटिजन्स बैंक छोडेर स्ट्याण्डर्ड चार्टड बैंक पुगेकी छिन् । उनले छोडेपछि अहिले बैंकले नयाँ मान्छे खोजिरहेको छ । नयाँ मान्छे भर्ती नहुँदासम्म अहिले निरन्जन श्रेष्ठले विना अथोरिटीको सानातिना काम बैंकमा गैरहेका छन् ।
उता यहि बर्ष नै कुमारी बैंककि सो विभागकि प्रमुख अनुषा शाक्यको सरुवा भएको छ । कुमारी बैंक विवादमा तानिंदा आफुले पाएको सूचनासमेत सम्बन्धित हाकिमलाई नसुनाएको, मिडियाकर्मीसँग सम्बन्ध बिगारेको लगायतका कारण उनलाई बैंकले सरुवा गरिदिएको हो । अहिले शाक्यको ठाउँमा उदीत बहादुर सिंह आएका छन् । यता एनएमबि बैंकमा पुरुषोतम पाण्डेलाई हटाएर बैंकले विष्णु पौडेललाई सो विभागको जिम्मा दिएको छ । पाण्डेले मिडिया व्यवस्थापन गर्न नसकेको निष्कर्ष निकाल्दै बैंकले पौडेललाई सो विभागको जिम्मा दिएको हो ।
यहि बर्ष हुँदैछन्, थुप्रै सरुवा !
यसो त यो बर्ष पनि धेरै बैंकका कर्पोरेट कम्युनिकेसनमा यस्ता सरुवा र बिदाईका कार्यक्रम हुँदैछ । सनराइज बैंकले कर्पोरेट कम्युनिकेसनको प्रमुख परिवर्तनको तयारी गरिरहेको बुझिएको छ भने, मर्जरपछि कुमारी बैंकमा पनि कर्पोरेट कम्युनिकेसनका प्रमुख परिवर्तन गर्नेबारे बैंकभित्र आन्तरिक छलफल भईरहेको छ । सिद्धार्थ बैंकले सम्भवत: यहि महिना सो विभागमा नयाँ प्रमुख पाउनेछ भने, हिमालयन बैंकले पनि मर्जर पछि सो विभागमा सिभिलमा सो काम हेरिरहेका व्यक्ति विभागीय प्रमुखका रुपमा पाउनेछ । नेपाल इन्भेष्टमेन्ट बैंकमा पनि मेगा बैंकबाट गएका कर्मचारीले सो विभाग सम्हाल्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: