×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘प्रभु बैंक ३३ प्रतिशत महिला कर्मचारी भएको पहिलो बैंक बनेको छ, अझै प्रगति गर्दै जाओस्’ देवी भट्टचन, सांसद

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘प्रभु बैंक ३३ प्रतिशत महिला कर्मचारी भएको पहिलो बैंक बनेको छ, अझै प्रगति गर्दै जाओस्’ देवी भट्टचन, सांसद

२६ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । प्रतिनिधि सभाका सांसद देवी भट्टचले प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकका कर्मचारी तथा संचालकहरुलाई भाईचाराको सम्बन्ध स्थापित गर्न आग्रह गरेका छन् । दुई बैंक एक भएर सुरु भएको एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै भट्टचनले यस्तो बताएका हुन् । बैंक सबल हुनका लागि ग्राहकको अहम भुमिका रहने बताउँदै उनले बैंकले ग्राहकलाई हरेक पाइलामा सहयोग गर्नेगरी अघि बढ्न समेत सुझाएका छन् । मर्जरपछि बैंक ७ अर्व हाराहारीमा एकल कर्जा दिन सक्षम बनेको भन्दै उनले मर्जरका लागि दुवै बैंकलाई बधाईसमेत दिएका छन् ।

भट्टचनले ३३ प्रतिशत महिला आरक्षण भएको बैंक बनेको भन्दै प्रभु बैंकलाई थप बधाईसमेत दिएका थिए । बैंकलाई थप सशक्त र सवाल बनाउन सबैको साथ र मेहेनत आवश्यक रहेकोले सबैलाई आआफ्नो काममा इमान्दार बन्न पनि उनले सुझाव दिएका छन् ।

भट्टचन बैंकका पूर्व अध्यक्षसमेत हुन् ।

यता कार्यक्रममा बोल्दै सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष राजेश कुमार श्रेष्ठले सेञ्चुरी र प्रभु बैंकको मर्जरले सबै कर्मचारी तथा दुवै बैंकको नेतृत्व खुसी भएको दाबी गरेका छन् । उनले मर्जरका क्रममा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।

श्रेष्ठले बिग मर्जरमा रिस्क  भए पनि त्यसलाई बैंकले सहज रुपमा लिएर अगाडी बढ्ने बताएका छन् । आगामी दिनमा देखिने हरेक खालका चुनौतीका लागि बैंक तयार रहेको दाबीसमेत उनले गरेका छन् । ‘बिग मर्जरमा रिस्क हुन्छ । तर त्यसलाई हामीले सहज रुपमा लिएर अगाडी बढ्नेछौं । प्रभु बैंक र सेञ्चुरीबीचको प्राप्ति प्रक्रिया बैंकिङ क्षेत्रकै कोशेढुंगा सावित हुनेछ ।’
यता सो कार्यक्रममा बोल्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकका ग्राहकहरुलाई फरक सेवाको अनुभूति गराउने बताएका छन् । कार्यक्रममा बोल्दै उनले प्रभु बैंकलाई नयाँ उचाईंमा पुर्याउनेसमेत दाबी गरेका छन् ।
नेपाली बैंकिङ इतिहासमै अर्को अध्याय सुरु भएको बताउँदै उनले सफल मर्जरमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । ‘अव हामी ३५०० कर्मचारीको परिवार बनेका छौं । मर्जर प्रक्रियामा सहयोग गर्ने सबैप्रति आभारी छौं ।’ कार्यक्रममा बोल्दै उनले भने- ‘अर्थतन्त्र सुधार र गुणस्तरीय सेवा प्रवाह अवको हाम्रो प्रमुख लक्ष रहनेछ ।
यता कार्यक्रममा बोल्दै प्रभु बैंकका सिनियर डेपुटी सीइओ मनोज न्यौपानेले अवको दिनमा प्रभु बैंक थप सशक्त बन्ने बताएका छन् । न्यौपाने सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत हुन् ।

उनले बिग मर्जरले छुट्टै सिनर्जी पैदा गरेकोसमेत बताएका छन् । ‘बिग मर्जरले छुट्टै सिनर्जी पैदा गरेको छ । यसले बैंकलाई थप सशक्त र सुदृढ बनाउनेछ ।’ कार्यक्रममा बोल्दै उनले भने ।

उनले छोटो समयमा मर्जरमा संघाउने सबैलाई धन्यवादसमेत दिएका छन् । ‘प्रभु र सेञ्चुरी मिलेर अव प्रभु बैंक थप ठुलो बनेकोमा हामी अत्यन्तै खुसी छौं ।’ सबैलाई धन्यवाद दिंदै उनले भने- ‘यो छोटो समयमा मर्जरमा जान सघाउने सबैलाई धन्यवाद दिन चाहान्छौँ ।’

मर्जरपछि बन्ने बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब, चुक्ता पुँजी २३ अर्ब भन्दा बढी, कुल निक्षेप २ खर्ब ८४ अर्ब, कुल कर्जा लगानी २ खर्ब ५३ अर्ब, शाख संख्या ३६५, एटिएम ३०९, एक्सेन्टस काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी हुने बैंकले जनाएको छ ।

मर्जरपछि बैंक अझ शसक्त हुने प्रभुको दाबी छ । दुई बैंक एक भएसँगै ‘सिनर्जी’सहित अगाडी बढ्नेमा प्रभु बैंकको जोड रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: