×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माघदेखि विकास बैंकहरुले पनि ब्याजदर घटाउँदै

PRIME CA

माघदेखि विकास बैंकहरुले पनि ब्याजदर घटाउँदै

२९ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वाणिज्य बैंकहरुले ब्याज घटाउने निर्णय गरेसँगै विकास बैंकहरुले पनि माघ महिनादेखि ब्याजदर घटाउने भएका छन् । बिहीबार बसेको डेभलपमेन्ट बैंकर्स एसोशियसनको बैठकले माघदेखि लागु हुने गरी ब्याजदर घटाउने निर्णय गरेको हो ।

योसँगै अब माघदेखि व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर १२.८५ प्रतिशतबाट घटाएर १२ प्रतिशत कायम गर्ने डेभलपमेन्ट बैंकर्स एसोशियसनका अध्यक्ष प्रध्युमन पोखरेलले बताएका छन् । पोखरेलका अनुसार संस्थागत मुद्धतीतर्फ भने हाल कायम रहेको १०.८५ प्रतिशत ब्याज मुद्धती निक्षेपको तुलनामा दुई बिन्दु कम हुनेगरी निर्धारण गरिनेछ ।

यो सँगै फाइनान्स कम्पनीहरुले पनि माघदेखि ब्याजदर घटाउने तयारी सुरु गरेका छन् । बुधबार मात्रै नेपाल बैंकसं संघले माघदेखि ब्याजदर घटाउने निर्णय गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: