×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘एकाध छोडेर जुन सेयर किने पनि १ बर्षमा डबल हुन्छ, २४००सम्म बिस्तारै बढ्छ, त्यसपछि सजिलै ५००० पुग्छ’

काठमाडौँ । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले अहिले जुनसुकै सेयर किने पनि एक बर्षमा डबल हुने दाबी गरेका छन् । सेयर बजार जति घट्नु थियो, घटिसकेको दाबी गर्दै उनले अहिलेको मूल्यमा जुनसुकै सेयर किने पनि एक बर्षभित्र त्यसको मूल्य डबल हुने दाबी गरेका हुन् । यद्यपी प्रमोटरले सेयर बेचिरहेका केहि सेयरमा भने लगानी गर्न नहुने उनको तर्क छ ।
अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै उनले यस्तो बताएका हुन् । निकै कडा रुपमा प्रस्तुत भएका उनले अहिलेको बजारमा केहि कामहरु गरिहाल्नु पर्ने भए पनि नियामकले आँखा चिम्लिएको आरोपसमेत लगाएका छन् । उनले नेतृत्व गरेको गोल्डम्यान इन्भेष्टमेन्टको खाता  धितोपत्र बोर्डले रोक्का राखेको सम्बन्धि प्रश्नमा उनले आफुहरुलाई धितोपत्र बोर्डले क्षेत्राधिकार मिचेर दुख दिएकोसमेत आरोप लगाएका छन् ।
एक फरक प्रसङ्गमा उनले पुन: बुल आउने र २४०० बजार कटेपछि बजार सजिलै ५००० पुग्ने दाबीसमेत गरेका छन् । १५०० मा गोर्खाज फाइनान्स किनेकाहरुले पनि जित्ने दिन आउने बताउँदै उनले लगानीकर्ताहरुले सेयरमा पैसा लगाउने समय यहि भएको दाबीसमेत गरेका छन् । हेर्नुहोस्, उनीसँग गरिएको कुराकानी :

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: