×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अस्वस्थ प्रतिष्पर्धा बढेपछि मर्जरको नीति ल्यायौँ, अव बैंकहरुले स्व: नियमनमा ध्यान दिनुपर्छ’ : गभर्नर अधिकारी

अर्थ सरोकार

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार

PRIME CA

‘अस्वस्थ प्रतिष्पर्धा बढेपछि मर्जरको नीति ल्यायौँ, अव बैंकहरुले स्व: नियमनमा ध्यान दिनुपर्छ’ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबीच अस्वस्थ प्रतिष्पर्धा बढेकाले बिग मर्जरको नीति ल्याएको बताएका छन् । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुबीचको एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
 लाइसेन्स पाएकाहरुमध्ये २४७ बैंक तथा वित्तीय संस्थाहरु मर्ज भएर कुल ६८ बैंक तथा वित्तीय संस्था भएको स्मरण गर्दै उनले बैंक ठुलो हुँदै गर्दा बैंकहरुले स्व नियमनमासमेत ध्यान दिनुपर्ने बताएका छन् । बैंकहरु ठुला भएपछि बैंक स्वयमले पनि उत्पादनमूलक क्षेत्रमा लगानीगर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै उनले दुवै बैंकहरुलाई बधाईसमेत दिएका छन् ।

देशकै सबैभन्दा ठुलो बैंक बन्न सफल ग्लोबल आईएमई बैंकले हालसम्म कुल २१ वटा बैंक तथा वित्तीय संस्थाहरु आफुमा गाभिसकेको छ । जसमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी  छन्।

बैंक अफ काठमाण्डुसँगको मर्जरपछि बैंकको बैंकको कूल पुँजी ५७ अर्ब पुगेको छ भने चुक्ता पुँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्ब र कूल कर्जा ३७९ अर्ब भन्दा बढी भएको छ । यसको अर्थ, ग्लोबल आईएमई बैंक अव देशकै सबैभन्दा ठुलो बैंक बनेको छ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमईका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूका तर्फबाट २ जना रहनेछन् । सीइओका रुपमा रत्नराज बज्राचार्यले बैंकको नेतृत्व लिनेछन् ।

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहक हुनेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: