×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकले नाफा गरेमात्र अर्थतन्त्र सबल हुन्छ’ : गोल्छा

अर्थ सरोकार

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार

PRIME CA

‘बैंकले नाफा गरेमात्र अर्थतन्त्र सबल हुन्छ’ : गोल्छा

काठमाडौँ । बैंकले बढी नाफा गरे भनेर देशभरका विभिन्न उद्योगीहरुले आन्दोलन गरिरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले बैंकले नाफा गरेमात्र अर्थतन्त्र सबल हुने बताएका छन् । सोमबार काठमाडौँको होटल याक एण्ड यतिमा आयोजित ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुबीचको एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले बैंक सफल भएमात्र अर्थतन्त्र सफल हुने समेत दाबी गरे । महासंघको कुरा पनि बैंकहरुले नाफा गर्नुपर्छ भन्ने नै रहेको उनको भनाई छ ।
उनले बैंकहरु सबल भएको कारणले मात्र अहिले देखिने विकास निर्माणका कार्यहरु सम्भव भएको दाबी गरे । बजारमा गुड्ने गाडीहरुदेखि ठुला महलहरु बन्ने कामसमेत बैंककै कारण सम्भव भएको उनको तर्क थियो ।
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ३ वटा काम गर्नुपर्ने बताउँदै उनले सरकारलाई खर्च बधाउन आग्रह गरे । मौद्रिक नीतिमा क्यालकुलेटिभ रिस्क लिने बेला आएको बताउँदै गोल्छाले राष्ट्र बैंकलाई सोहि अनुसार गर्न आग्रह गरे । सरकारले निजी क्षेत्रलाई लगानीको वातावरण बनाईदिनुपर्ने बताउंदै उनले यस्तो सम्भव भएको अवस्थामा महासंघले परिकल्पना गरेको १०० खर्बको अर्थतन्त्र सन् २०३० सम्ममा सम्भव हुने बताए ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, लगायतकाको समेत उपस्थिति थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: