काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्दिन भन्नु वित्तीय अपराध भएको बताएका छन् । कृषि विकास बैंकको ५६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
बैंक तथा वित्तीय संस्थाको ऋण वित्तीय सिस्टमको विश्वासनियतासँग जोडिएको बताउँदै गभर्नर अधिकारीले यसलाई हल्का रुपमा लिन नहुने बताए । ‘बैंकको ऋण सार्वजनिक सम्पत्ति हो, सर्वसाधारणको निक्षेप हो’, उनले भने, ‘ऋण वित्तीय सिस्टमको विश्वासनियतासँग गाँसिएको विषय हो, हल्का रुपमा हेर्नु हुँदैन ।’
पछिल्लो समय व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ब्याज महंगो भएको भन्दै किस्ता र ब्याज नदिर्ने अडान लिँदै आन्दोलन गरिहेका घटना स्मरण गर्दै गभर्नर अधिकारीले त्यस्ता आन्दोलन रोक्न र बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण र ब्याज तर्न दबाब समेत दिएका छन् ।
‘लिने बेलामा बैंकबाट ऋण लिने तर तिर्ने बेलामा म तिर्दिन भन्न मिल्छ ?’, गभर्नर अधिकारीले थपे, ‘यो अराजकता हो, वित्तीय अपराध हो । यस्ता कुरालाई कोही कसैले पनि प्रसय दिनु हुँदैन ।’
त्यस्तै गभर्नर अधिकारीले ‘ब्याज, ऋण तिर्दैनौँ’ भन्ने गरी उठेको आवाज सह्य नभएको बताउँदै यस्तो अराजक गतिविधि हुन नदिने समेत दाबी गरेका छन् ।
त्यस्तै, कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंकहरुलाई हालको आधुनिकयुक्त उपभोक्ताहरुको आवश्यकता पूर्ति गर्नुपर्ने चुनौति रहेको बताएका छन् । २०४५ सालमा सिमित बैंक हुँदा चेक साट्न जाँदा पासबुक बोकेर जानुपर्ने अवस्था स्मरण गर्दै गभर्नर अधिकारीले हाल सो अवस्था परिवर्तन भएर सम्पूर्ण बैंकिङ कारोबार डिजिटल प्रविधिमा रुपान्तरण भएको बताए । सँगै उनले बैंकहरुले अहिलेको आधुनिक प्रविधिमा कहाँ छन् ? भनेर आफैले मूल्याङकन गर्नु आवश्यक रहेको समेत बताएका छन् । भिडियोः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्