×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सन् २०२३ लाई डिजिटल भुक्तानी प्रवर्दन वर्षका रुपमा अघि बढाउने तयारी छ, ‘फिनटेक’मा थप सहकार्य गर्नुपर्छ’- गभर्नर

काठमाडौं । काठमाडौंमा भारत-नेपाल ‘स्टार्टअप कनेक्ट’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल-भारत कुटनीतिक सम्बन्धको ७५ वर्षको सन्दर्भमा भारतीय राजदूतावासले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल नेपालको विषयमा चर्चा गरे । गभर्नर अधिकारीले सन् २०२३ लाई नेपालको डिजिटल भुक्तानी प्रवद्र्धन वर्षका रूपमा अघि बढाउने तयारी गरिएको बताएका छन् ।

‘नेपाल र भारतबीच ‘फिनटेक’मा थप सहकार्यको आवश्यकता देखिएको छ र सहकार्यका लागि अनुरोध पनि गर्छु’, गभर्नर अधिकारीले भने, ‘सीमापार भुक्तानी र क्युआर भुक्तानीलाई सहयोगका सम्भावित क्षेत्रका रूपमा पहिचान गरी अघि बढ्नुपर्छ ।’

कार्यक्रमको अन्तरक्रिया ई-कमर्स र फिनटेक क्षेत्रमा नेपाल-भारतका अवसरमा केन्द्रित थियो भने दोस्रो प्यानल छलफल नेपाली स्टार्टअपका लागि अवसरमा केन्द्रित थियो । दूतावासले नेपाल-भारत स्टार्टअप जडान प्रवद्र्धन गर्ने गतिविधिलाई प्रोत्साहन गर्न जारी राख्ने जनाएको छ । साथै शैक्षिक संस्था, स्टार्टअप, लगानीकर्तालगायत नेपालका सबै सरोकारवालालाई स्टार्टअप इण्डियामार्फत भारतीय स्टार्टअप र इन्क्युबेटरमा पुग्न प्रोत्साहित गर्ने प्रतिबद्धता गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: