×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकको ३०औँ बार्षिक साधारणसभाले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हिमालयन बैंकको ३०औँ बार्षिक साधारणसभाले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्यो

Artha Sarokar

२९ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन बैंकको ३०औँ वार्षिक साधारणसभाले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । पुस २८ गते सम्पन्न बैंकको साधारणसभाले १००ः८०.२८ स्वाप रेसियोमा प्राप्ति गर्नेगरी मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

यो सँगै अब सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले हिमालय बैंकको ८०.२७ कित्ता सेयर पाउनेछन् ।

हिमालयन बैंकका अनुसार साधारणसभाले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । यो सँगै साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ११.११ प्रतिशत नगद लाभांश गरी कुल १९.११ प्रतिशत लाभांश दिने प्रस्ताव पनि पारित गरेको बैंकले जनाएको छ ।

त्यस्तै, साधारणसभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट विजयबहादुर श्रेष्ठलाई निर्विरोध चयन गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी