काठमाडौं । पुस २२ गतेदेखि स्वस्थानी ब्रतकथा सुरु भएसँगै अहिले शालीनदीमा भक्तजनको भिड छ । यसै पनि साँखुमा माघ २२ गतेसम्म (एक महिने) शालीदनी मेला लागेको छ । सो मेला घुम्नकै लागि पनि दैनिक हजारौँको संख्यामा मानिसहरु यहाँ पुग्ने गर्छन् ।
अहिले शालीनदी धार्मिकसँगै व्यापारिक दृष्टिकोणले पनि प्रख्यात छ । ‘व्यापार गर्नेका अनेक उपाय’ भनेजस्तै शालीनदी मेलामा फरक फरक मान्छेहरु फरक फरक तरिकाबाट व्यापार गर्दै आर्थिक लाभ लिईरहेका देखिन्छन् । जसमध्ये ‘घोडा राईड’ पनि एक हो ।
शालीनदी मेलामा नदीको वारीपट्टि थोरै खुला ठाउँ छ, जहाँ दुईवटा घोडा राखिएका छन् । घोडा चढ्न चाहनेहरुले एकपटक घोडा चढेको २ सय रुपैयाँ तिर्नुपर्छ । २ सय रुपैयाँ तिरेपछिमात्रै घोडामा बस्न पाइन्छ । घोडामा बसेपछि अलि परसम्म (झण्डै २ मिनेटको बाटो) लैजान्छन् र फर्काउँछन् ।
टिकटकरहरु मुख्य ग्राहक
घोडा चढेको पनि २ सय रुपैयाँ कसले तिर्छ र ? भन्ने प्रश्न उठ्न सक्छ । तर, शादीनदीमा यतिबेला घोडा चढ्नेको भिड छ । दुईवटा घोडा हुँदा पनि चढ्नका लागि पालो कुर्नुपर्छ । घोडा चढ्नेहरुमध्ये अधिकांश टिकटक बनाउनकै लागि घोडा चढ्ने गरेको पाइन्छ ।
यसो त धेरैजसो बालबालिकाहरु रमाइलोका लागि घोडा चढ्ने गरेको भए पनि अधिकांशहरु टिकटक बनाउनका लागि घोडा चढ्ने गरेको घोडा साहूले बताएका छन् । ‘एकजना घोडामा बस्छन् र पोज दिन्छन्, अर्कोले फोटो र भिडियो खिच्छन्’, घोडाका साहुले भने, ‘घोडामा चढ्दा रमाउँछन्, हामीले पनि दैनिक २० हजारसम्म कमाई गर्छौं ।’ बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्