×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शालीनदीमा ‘हर्श-राईड’: बाटो दुई मिनेटको, शुल्क २ सय रुपैयाँ ! टिकटकरहरु मुख्य ग्राहक… (फोटो-कथा)

PRIME CA

शालीनदीमा ‘हर्श-राईड’: बाटो दुई मिनेटको, शुल्क २ सय रुपैयाँ ! टिकटकरहरु मुख्य ग्राहक… (फोटो-कथा)

९ माघ २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पुस २२ गतेदेखि स्वस्थानी ब्रतकथा सुरु भएसँगै अहिले शालीनदीमा भक्तजनको भिड छ । यसै पनि साँखुमा माघ २२ गतेसम्म (एक महिने) शालीदनी मेला लागेको छ । सो मेला घुम्नकै लागि पनि दैनिक हजारौँको संख्यामा मानिसहरु यहाँ पुग्ने गर्छन् ।

अहिले शालीनदी धार्मिकसँगै व्यापारिक दृष्टिकोणले पनि प्रख्यात छ । ‘व्यापार गर्नेका अनेक उपाय’ भनेजस्तै शालीनदी मेलामा फरक फरक मान्छेहरु फरक फरक तरिकाबाट व्यापार गर्दै आर्थिक लाभ लिईरहेका देखिन्छन् । जसमध्ये ‘घोडा राईड’ पनि एक हो ।

शालीनदी मेलामा नदीको वारीपट्टि थोरै खुला ठाउँ छ, जहाँ दुईवटा घोडा राखिएका छन् । घोडा चढ्न चाहनेहरुले एकपटक घोडा चढेको २ सय रुपैयाँ तिर्नुपर्छ । २ सय रुपैयाँ तिरेपछिमात्रै घोडामा बस्न पाइन्छ । घोडामा बसेपछि अलि परसम्म (झण्डै २ मिनेटको बाटो) लैजान्छन् र फर्काउँछन् ।

टिकटकरहरु मुख्य ग्राहक
घोडा चढेको पनि २ सय रुपैयाँ कसले तिर्छ र ? भन्ने प्रश्न उठ्न सक्छ । तर, शादीनदीमा यतिबेला घोडा चढ्नेको भिड छ । दुईवटा घोडा हुँदा पनि चढ्नका लागि पालो कुर्नुपर्छ । घोडा चढ्नेहरुमध्ये अधिकांश टिकटक बनाउनकै लागि घोडा चढ्ने गरेको पाइन्छ ।

यसो त धेरैजसो बालबालिकाहरु रमाइलोका लागि घोडा चढ्ने गरेको भए पनि अधिकांशहरु टिकटक बनाउनका लागि घोडा चढ्ने गरेको घोडा साहूले बताएका छन् । ‘एकजना घोडामा बस्छन् र पोज दिन्छन्, अर्कोले फोटो र भिडियो खिच्छन्’, घोडाका साहुले भने, ‘घोडामा चढ्दा रमाउँछन्, हामीले पनि दैनिक २० हजारसम्म कमाई गर्छौं ।’ बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: