काठमाडौँ । कुनै पनि स्टार्ट अप बिजनेशलाई लगानी गरेर सहयोग गर्नुपर्ने ठाउँमा ज्योति बिकास बैंकले त्यस्ता कालीगढको व्यक्तिगत कार्यक्षमतामाथि नै प्रश्न उठ्नेगरी सामाजिक संजालमा आएका ट्रोललाई आधार बनाएर सिरियस इस्युको भद्दा मजाक उडाएको छ । सुर्खेतको एक पार्कमा राखिएको एक बाघको मूर्ति सामाजिक संजालमा भाईरल भईरहेका बेला बैंकले निकै गैरजिम्मेवार रुपमा मनपरी ढंगले त्यसलाई भद्दा मजाकको विषय बनाएर बैंकको आधिकारिक फेसबुक पेजमा राखेको छ ।
केही दिनअघि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रादेशिक शहीद पार्क परिसरमा राखिएको एउटा पाटेबाघको प्रतिमा सामाजिक सञ्जालमा भाइरल भयो । बाघको मूर्तिको फोटोसहित क्याप्सनमा लेखिएको थियो ‘सुर्खेतको शहीद पार्कमा १३ लाख लगानीमा बनेको बाघजस्तै देखिने मूर्ति ।’ तर पछि बुझ्दै जाँदा सो मूर्ति बनाएवापत बनाउने व्यक्तिले जम्मा २५ हजार रुपैयाँ पाएका रहेछन् । बिबिसी नेपालीसँगको एक अन्तर्वार्तामा मुर्ति बनाउनेले आफुले २५००० रुपैयाँ मात्र पाएको बताएका छन् ।
सामाजिक संजालमा भाईरल भएको बाघको विषयलाई लिएर धेरै ट्रोल पनि बन्यो । तर ती सबै हल्लाका आधारमा बनेका ट्रोलहरु थिए । यहि तथ्यजाँच नै नगरी ज्योति बिकास बैंकले एउटा सन्देशमूलक पोष्ट सेयर गर्यो, जसलाई धेरैले बैंकको भद्दा मजाक भनेका छन् ।
सार्है विवादमा तानिएपछि बैंकले हाल सो पोष्ट आफ्नो आधिकारिक फेसबुक पेजबाट हटाएको छ । तर बैंकको सोचमाथि गम्भीर प्रश्न उठेको छ ।
यता बैंकका सूचना अधिकारी रामहरि आचार्यले पनि यसलाई मुभमेन्ट मार्केटिङको रुपमा हेरिएको र फ्याक्टचेक नगरी यस्ता विषयमा पोष्ट बनाउँदा केहि गल्ती भएको स्वीकारेका छन् । ‘ट्रेण्डमा आएका विषयलाई आफ्नो विषयबस्तुसँग जोडेर मार्केटिङ गर्ने तरिका अन्तराष्ट्रिय अभ्यासभित्रै पर्नेरहेछ । हामीले गर्न खोजेको त्यति थियो । तर फ्याक्ट चेक नै नगरी यस्तो पोष्ट बनाउनुमा केहि गल्ती भएको भने हो ।’ उनले भने ।
सो पोष्टलाई धेरैले गाली गरेपछि बैंकले हटाएको थियो । तर सूचना अधिकारी आचार्यले भने पहिला नै ५ घण्टाका लागि मात्र पोष्ट राखिएकाले हटाएको भन्दै झुट बोले । जवकि बैंकका एक उच्च अधिकारीले नै बैंक नै विवादमा तानिएपछि सो पोष्ट हटाएको पुष्टी गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्