×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

कामना सेवा विकास बैंकको नाफा ह्वात्तै घट्यो

SAGARMATHA CEMENTS

काठमाडौं । कामना सेवा विकास बैंकको नाफा ४३.०१ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गत वर्षको तुलनामा यसवर्ष नाफा घटेको जनाएको हो ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जबकी यसवर्ष बैंकको नाफा घटेर १९ करोड ५८ लाख रुपैयाँमा सिमित भएको छ ।

त्यस्तै, समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.८८ प्रतिशतले बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ । सोही अवधिमा बैंकको सञ्चालन नाफा भने ४३.०१ प्रतिशतले घटेको छ । यता, बैंकको इम्पेयरमेन्ट चार्जमा २० प्रतिशतले वृद्धि हुँदै ३० करोड १५ लाख रुपैयाँ पुगेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल कामना सेवा विकास बैंकको कुल चुक्ता पूँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खराब कर्जा बढेर ३.७० प्रतिशत पुगेको छ भने प्रतिसेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ ४७ पैसा कायम रहेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ भने १ सय ५१ रुपैयाँ २१ पैसा रहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal