×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा विकास बैंकका पूर्व सीईओद्धारा प्रहरीसमक्ष आत्मसमर्पण, हिरासतमा राखेर अनुसन्धान हुँदै !

काठमाडौं । कामना सेवा विकास बैंकका पूर्व सीईओ प्रविण बस्नेतले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । बैंकमा घटेको झण्डै ४० करोड रुपैयाँ घोटाला प्रकरणमा प्रहरीले उनीसहित थप २२ जना कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी गरेसँगै बस्नेतले आत्मसमर्पण गरेका हुन् ।

पक्राउ पूर्जी जारी भए लगत्तै पूर्व सीईओ बस्नेत आफैँ प्रहरीको सम्पर्कमा आएको दमक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बस्नेत आइतबार प्रहरी कार्यालयमा पुगेका थिए । ‘उहाँ आफै प्रहरीको सम्पर्कमा आउनुभएको हो’, प्रहरी स्रोतले भन्यो, ‘अहिले उहाँलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौँ ।’

घोटाला प्रकरणबारे राष्ट्र बैंकको इन्सपेक्सनपछि कार्वाहीका लागि सीआईबीमा पत्र पठाएसँगै बैंकका २२ जना कर्मचारीविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो ।

बैंकले झापाको दमक क्षेत्रमा विभिन्न व्यक्ति तथा कम्पनीको नाममा प्रवाह भएको ३१ करोड रुपैयाँ अपचलन गरेको पाइएको थियो । यसरी प्रवाह हुने अधिकांश ऋण बिनाधितोको समेत छ ।

यता सोही प्रकरणमा प्रहरीले मुक्तिनाथ विकास बैंकका दमक शाखाका शाखा प्रबन्धक जीवन भण्डारीलाईसमेत पक्राउ गरेको छ । यसअघि उनी कामना सेवा बिकास बैंकमा थिए । बैंकका प्रदेश नम्बर १ प्रमुख सुजन राईलाई पनि प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ । स्मरण रहोस्, कामना सेवा बिकास बैंकमा भएको करोडौँ घोटाला प्रकरणबारेको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: