×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजार बढ्दैछ, चिन्ता लिनु पर्दैन’- ओली

PRIME CA

‘सेयर बजार बढ्दैछ, चिन्ता लिनु पर्दैन’- ओली

अर्थ सरोकार

१९ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजार सुधारको बाटोमा भएको बताएका छन् । काठमाडौंमा आयोजित ‘विद्यार्थीसँग पूर्वप्रधानमन्त्री’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ग्लोबल कलेजका विद्यार्थी अशेष न्यौपानेको ‘अहिले अर्थतन्त्र थुप्रै परिसूचक र सेयर बजार तल्लो बिन्दुमा पुगेको छ, यसलाई समाधान गर्न सरकारले कस्तो भूमिका निर्वाह गर्नेछ ? एमालेले पनि केही भूमिका खेल्छ कि यसमा ?’ भन्ने प्रश्नको जवाफ दिँदै ओलीले यो परिस्थितिमा अर्थतन्त्र र सेयर बजार दुवैले सुधार हुन प्रारम्भ गरिसकेको बताएका हुन् ।

‘हामिले मेजर्स अपनाउन थालेका छौँ, स्टेप लिन पनि थालिसकेका छौँ, र यसको सकारात्मक परिणाम पनि प्रकट हुँदै जानेछ’, ओलीले भने, ‘सेयर बजार पनि सुधारतर्फ फर्किसकेको छ, बढिसकेको छ । त्यसकारण पनि अव छिट्टै समाधान भएको देख्न सकिन्छ ।’

पछिल्लो समय अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल आएपछि सेयर लगानीकर्ताहरु उत्साहित भएका छन् । यस अघि केपी ओली नेतृत्वको सरकारमा बिष्णु पौडेल अर्थमन्त्री हुँदा सेयर बजारले ‘अल टाइम हाई’ चुमेको थियो । त्यहि आत्मविश्वासका कारण पौडेल अर्थमन्त्री भएलगत्तै सेयर बजार उकालो यात्रामा छ । दिनमा मुस्किलले ६०-७० करोड कारोबार हुने सेयर बजारमा अहिले ३ अर्व वरपर कारोबार हुन थालिसकेको छ ।

विद्यार्थीहरुसँगको अन्तरक्रियामा केपी शर्मा ओलीले आफुहरुले केहि ‘मेजर्स’ अपनाएका कारण सेयर बजार लयमा फर्किएको आशय व्यक्त गरेका छन् । यसअघि हालका प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा सेयर बजारलाई सट्टे बजार भनेपछि उनले त्यसको तुरुन्त प्रतिवाद गरेका थिए ।

स्मरण रहोस्, अहिलेको सरकारले पहिलो क्याबिनेट बैठकबाटै गिर्दो क्रममा रहेको सेयर बजारको थप गिरावट रोक्ने र अर्थतन्त्र चलायमान बनाउने आशयको निर्णय गरेको थियो । त्यसपछि उत्साहित भएका लगानीकर्ताहरुको आत्मविश्वास बढेको थियो । अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालय सम्हालेयता नै उल्लेखनीय अंकले सेयर बजार बढीसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: