काठमाडौं । विभिन्न समयमा विवादित बन्दै आएको कृषि विकास बैंक चरम घाटामा देखिएको छ । केही दिन अघिमात्रै भित्रभित्रै भ्रष्टाचार मौलाएको खबर बाहिरिएको कृषि विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अस्वभाविक घाटामा देखिएको हो ।
बैंकले दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै १२ करोड ८९ लाख रुपैयाँ घाटामा रहेको देखाएको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको कृषि विकास बैंकले यसवर्ष भने ठूलो घाटा बोहोरेको हो ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । यो सँगै बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ करोड १५ लाख रुपैयाँ सञ्चालन घाटा बेहोरेको छ भने गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानीमा गिरावट देखिएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको निस्क्रिय कर्जाले पनि नेटो काटेको छ । समिक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ४.५२ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल २.०८ प्रतिशतमा सीमित रहेको थियो। यो हिसाबले एनपीएल ११७.३१ प्रतिशतले बढेको छ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कृषि विकास बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ऋणात्मक देखिएको छ । समिक्षा अवधिमा बैंकको ईपीएस ४ रुपैयाँ ४३ पैसाले घटेको छ ।
बैंकको प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ८२ पैसा रहेको छ भने तरलता अनुपात २४.१० प्रतिशत रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्