×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ऋण उठाउन नसक्दा महालक्ष्मी विकास बैंक समस्यामा, ३० प्रतिशतले नाफा घट्यो, ईपीएसमा ७ रुपैयाँको गिरावट

काठमाडौं । बैंकबाट प्रवाह गरेको कर्जा उठाउन नसक्दा महालक्ष्मी विकास बैंक समस्यामा देखिएको छ । धितोको अस्वभाविक मूल्यांकन गरी कर्जा प्रवाह गरेको भन्दै विवादमा परिरहने महालक्ष्मी विकास बैंकको दोस्रो त्रैमासमा वित्तीय अवस्था कमजोर देखिएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा ३०.७४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४५ करोड ६२ लाख नाफा आर्जन गरेको महालक्ष्मी विकास बैंकले यसवर्ष भने ३१ करोड ६० लाख रुपैयाँमात्रै कमाएको छ ।

बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी भने १ अर्ब ४ करोड ४१ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा १० करोड ७८ लाख रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बैंकको निष्क्रिय कर्जा भने झण्डै आधाले वृद्धि भएको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा २.८९ प्रतिशत रहेको निष्क्रिय कर्जा यसवर्ष भने ४.५७ प्रतिशत पुगेको छ । खराब कर्जा बढेकै कारण बैंकको नाफामा दबाब परेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । समिक्षा अवधिमा बैंकको ईपीएस ६ रुपैयाँ ९९ पैसाले घट्दै १५ रुपैयाँ ७६ पैसामा सिमित भएको छ । सोही अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १ सय ५७ रुपैयाँ ९४ पैसा रहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: