×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मेगा बैंकको सिनियर डेपुटी सीइओमा महेश ढकाल नियुक्त, आइतबारदेखि कामु सीइओको जिम्मेवारी !

काठमाडौँ । मेगा बैंकको सिनियर डेपुटी सीइओमा महेश ढकाल नियुक्त भएका छन् । ग्लोबल आईएमई बैंकमा डेपुटी सीइओको भूमिकामा रहेका ढकाल मेगामा सिनियर डेपुटी सीइओ भएका हुन् । उनले ग्लोबल आईएमई बैंकमा राजिनामा दिईसकेका छन् भने उनको राजिनामासमेत स्वीकृत भईसकेको छ ।

उनी शुक्रबार वा आइतबार नै मेगा बैंकको जिम्मेवारी सम्हाल्नेगरी बैंक पुग्ने बताइएको छ । ‘हामीले उहाँलाई नियुक्त गरिसकेका छौं । उहाँ शुक्रबार वा आइतबार बैंकमा आइपुग्नुहुन्छ ।’ मेगा बैंकका एक संचालकले अर्थ सरोकारसँग भने- ‘उहाँको जिम्मेवारी बैंकमा सिनियर डेपुटी सीइओ हुनेछ । केहि दिनका लागि कामु सीइओको जिम्मेवारी लिएपछि बैंक मर्जरमा जानेछ । मर्जरपछि उहाँको जिम्मेवारी सिनियर डेपुटी सीइओकै रहनेछ ।’
ढकाल चार्टड एकाउन्टेन्टसमेत हुन् । ४ बर्षअघि मेगा बैंकको जागिर छोडेर उनी ग्लोबल आईएमई बैंक गएका थिए । करिब ४ बर्षपछि उनी मेगा नै फर्किएका छन् ।
मेगामा तेश्रो बरियतामा रहेका उनी त्यसपछि ग्लोबल आईएमई बैंकमा डेपुटी सीइओका रुपमा गएका थिए । त्यहाँ उनले केहि समय कामु सीइओको जिम्मेवारी पनि पाए । पछि रत्नराज बज्राचार्य सीइओ भएर आएपछि उनी डेपुटी सीइओकै रुपमा ग्लोबल आईएमई बैंकमा कार्यरत थिए ।
यसो त मेगा बैंकले सिनियर डेपुटी सीइओका रुपमा अन्य केहिलाई पनि अप्रोच गरेको थियो । तर अन्तत: ढकाललाई नियुक्ति दिईएको छ । उनी बैंकिङमा अब्बल मानिन्छन् । विशेषगरी पोष्ट मर्जरमा आउने सम्भावित समस्याहरुलाई ‘ट्याकल’ गर्न सक्ने क्षमता भएकाले पनि उनलाई मेगाले जोड दिएर सिनियर डेपुटी सीइओका लागि ‘अप्रोच’ गरेको थियो ।
ढकाल नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का पूर्व पार्षद्समेत हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: