काठमाडौं । मंगलबार नव नियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । राष्टप्रति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री राजेन्द्र लिङदेनसहित नयाँ मन्त्रीहरुलाई शितल निवासमा शपथ खुवाएकी हुन् ।
राप्रपाका राजेन्द्र लिङदेनले उर्जा, जलस्रोत र सिँचाइ मन्त्रीको रुपमा शपथ लिएका हुन् । राप्रपाबाटै ध्रुवबहादुर प्रधान कानून मन्त्री भएका छन् भने बिक्रम पाण्डे सहरी विकास मन्त्री र दिपकबहादुर सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रम मन्त्री र डा.तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी छिन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रकी रेखा शर्मा सञ्चारमन्त्री बनेकी छिन् भने सुदन किराती संस्कृति, पर्यटन मन्त्री बनेका छन् । माओवादीकै अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् भने शुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेकी छिन् ।
नेकपा एमालेबाट रक्षामन्त्रीमा हरि उप्रेती नियुक्त भएका छन् भने पररास्ट्र मन्त्रालय विमना राई पौडेलले पाएकी छिन् । त्यस्तै स्वास्थ्यमन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, भूमि व्यवस्था सहकारी मन्त्रीमा राजेन्द्र राई र उद्योग मन्त्रीमा दामोदर भण्डारी नियुक्त भएका छन् ।
त्यस्तै, जनमत पार्टीका अब्दुल खान खानेपानी मन्त्री बनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्