काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि प्रथम संशोधन भएको छ । यो नीति संशोधन भएसँगै अव हरेक साउनको पहिलो सातामै मौद्रिक नीति आउने पक्कापक्की भएको छ । जेठ महिनाको दोस्रो हप्ताभित्र राय सुझाव लिइने र साउन पहिलो साताभित्र मौद्रिक नीति सार्वजनिक हुनेगरी नीति संशोधन भएको छ ।
कार्यविधि अनुसार अव जेठ दोश्रो साताभित्र लिईएका राय सुझावअनुसार असारको पहिलो सातादेखि अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल हुनेछ भने अन्य विभाग तथा सरोकारवालाहरुबाट प्राप्त सुझावहरुलाई अन्तिम रुप दिन राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा विभागीय प्रमुखहरूको समन्वय समिति गठन हुनेछ ।
प्राप्त भएका सुझावसमेतको नीतिको प्रारम्भिक मस्यौदा व्यवस्थापन समितिमा पेश गरिनेछ । त्यसपछि व्यवस्थापन समितिले आवश्यक निर्देशन दिनेछभने त्यसपछि बनेको नीतिको ड्राफ्ट पुनः व्यवस्थापन समितिमा पेश हुनेछ । व्यवस्थापन समितिमा छलफलपछि त्यसपछि नीति सञ्चालक समितिमा छलफलका लागि जान्छ भने संचालक समितिले आवश्यक परिमार्जन गरेपछि साउन पहिलो साताभित्र माैद्रिक नीति सार्वजनिक हुनेछ ।
त्यस्तै मौद्रिक नीतिको त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्