×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले पुस २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्दै, २५ र २६ गते सम्पूर्ण सेवा बन्द रहने

अर्थ सरोकार

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार

PRIME CA

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले पुस २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्दै, २५ र २६ गते सम्पूर्ण सेवा बन्द रहने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

मर्जरपछि एकीकृत कारोबारको लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले अन्तिम स्वीकृति दिएसँगै दुवै बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।

यसअघि दुवै बैंकले १३ मंसिरमा मर्जर सम्बन्धी अन्तिम सम्झौता गरेका थिए । दुवै बैंक १००ः९० अनुपातमा मर्ज भएका हुन् । योसँगै मेगा बैंकका एक सय कित्ता सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता प्राप्त गर्नेछन् । मर्जरपछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पूँजी करिब ३३ अर्ब पुग्नेछ ।

एकीकृत कारोबारका लागि डाटा माइग्रेशन गर्नुपर्ने भएकोले पुस २५ र २६ गते बैंकको सबै सेवाहरु बन्द रहने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: