काठमाडौं । विराटनगरमा एक व्यवसायी मृत अवस्थामा भेटिएका छन् । विराटनगरको शनि मन्दिर रोडमा शिखर इलेक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका मोहनप्रसाद न्यौपाने मृत भेटिएका हुन् ।
न्यौपाने बुधबार बिहान विराटनगर महानगरपालिका ३ स्थित आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ । ‘न्यौपाने आफ्नै घरको बाथरुममा ‘पासो’ लगाएको अवस्थामा फेला परेका हुन्’, एक प्रहरीले भने, ‘घटनाको प्रकृति हेर्दा आत्महत्याजस्तो देखिएको छ, थप अनुसन्धान गर्दै छौँ ।’
यता न्यौपानेको पारिवारिक स्रोतले भने व्यवसाय गर्दा लागेको ऋणका कारण उनले आत्महत्या गरेको बताएको छ । उनी मृत भेटिएको ठाउँमा ‘सुसाइट नोट’समेत फेला परेको छ । परिवारको सम्पूर्ण सदस्यलाई सम्बोधन गरी लेखिएको उक्त नोटमा उनले आफु बाँच्न लायक नभएको उल्लेख गरेको पारिवारिक स्रोतले बताएको छ ।
उक्त ‘सुसाइट नोट’मा न्यौपानले बैंकमा एक करोड ४५ लाख रपैयाँ ऋण रहेको उल्लेख गरेका छन् । ऋणको बोझ थुप्रिदा व्यवहार बिग्रेपछि उनले देहत्याग गरको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्