×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढी नाफा कमाउने विकास बैंकको पहिलो नम्बरमा मुक्तिनाथ, खुद नाफामा ३.९६ प्रतिशतले बढोत्तरी, ईपीएस घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बढी नाफा कमाउने विकास बैंकको पहिलो नम्बरमा मुक्तिनाथ, खुद नाफामा ३.९६ प्रतिशतले बढोत्तरी, ईपीएस घट्यो

Artha Sarokar

८ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा ३.९६ प्रतिशत वृद्धि भएको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर, यसवर्ष बैंकले ६३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संख्यात्मक रुपमा यो बढोत्तरी निकै कम भए पनि विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकको नाफा सबैभन्दा बढी हो । यो सँगै बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ पुगेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३३.३७ प्रतिशतले बढेको छ । सोही अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २२.७५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.९६ प्रतिशत मात्रै बढेको छ । सोही अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १६ करोड ४१ लाखबाट बढेर ४४ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको नाफामा वृद्धि भए पनि प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । बैंकको ईपीएस १ रुपैयाँ ७९ पैसाले घटेर १९ रुपैयाँ ५१ पैसामा सिमित भएको छ । त्यस्तै, पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.५३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ३४ रुपैयाँ ९६ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी