×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नबिल बैंकको नाफा ह्वात्तै बढ्यो !

काठमाडौं । नबिल बैंक लिमिटेडको नाफामा आकर्षक बढोत्तरी भएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा ५६.६७ प्रतिशतले वृद्धी भएको जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसवर्ष भने खुद नाफामा आकर्षक बढोत्तरी हुँदै बैंकले कुल ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो सँगै नबिल बैंकको वितरणयोग्य मुनाफा ९७ करोड १३ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानीमा ८५.६३ प्रतिशतले वृद्धि भएको छ भने कुल सञ्चालन आम्दानीमा पनि ५६.९१ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा बैंकको सञ्चालन मुनफा पनि ५६.०६ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि वृद्धि भएको छ । यो अवधिमा बैंकको ईपीएस १ रुपैयाँ ६७ पैसाले बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ । योसँगै बैंकको प्रतिसेयर नेटवर्थ १ सय १९ रुपैयाँ १२ पैसा कायम भएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: