×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेले नेशनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का गर्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेप्सेले नेशनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का गर्यो

Artha Sarokar

९ माघ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ । सोमबार एक पत्र जारी गर्दै नेप्सेले कम्पनीको सेयर कारोकार रोक्का गरेको जनाएको हो ।

कारोबार समयमा लाभांशसम्बन्धि जानकारी गराएपछि नेप्सेले कम्पनीको कारोबार रोक्का गर्दै स्पष्टिकरण सोधेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले ९ माघमा लाभांश दिने घोषणा गरेको थियो । तर, लाभांशको जानकारी भने दोस्रो बजारमा कारोबार सुरु भईसकेपछि ११ः४० मा दिएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१)मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पानै सूचना, जानकारी तथा निर्णय सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकोले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले विनियममा भएको व्यवस्था अनुसार धितोपत्र कारोबार रोक्का गरिएको साथै यो पत्र प्राप्त भएको मितिले ३ दिनभित्रमा स्पष्टिकरण पेश गर्न अनुरोध छ ।’ -नेप्सेको पत्रमा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी