×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साल्ट ट्रेडिङ कर्पोरेसनसहित मुहली र महिला लघुवित्तलाई नेप्सेले गरायो सचेत, सेयर कारोबार पनि फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीन कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । बुधबारदेखि लागु हुनेगरी नेप्सेले साल्ट ट्रेडिङ कर्पोरेसन, महुली लघुवित्त र महिला लघुवित्तको सेयर कारोबार फुकुवा गरेको हो ।

योसँगै बुधबारदेखि यी तीन कम्पनीको सेयर कारोबार पुनः हुने भएको छ । यसअघि नेप्सेले तीनवटै कम्पनीलाई दोस्रो बजारमा प्रभाव पार्ने लाभांश सम्बन्धी सूचना समयमा नदिएको भन्दै सेयर कारोबार रोक्का गर्दै स्पष्टिकरण सोधेको थियो ।

तीनवटै कम्पनीले स्पष्टिकरण पेश गर्दै क्षमायाचता मागेपछि कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ ।

‘भुलबस समय अन्यथा हुन पुगेको र अब उप्रान्त त्यस्तो कमिकमजोरी नगर्ने/नगराउने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले क्षमायाचना मागेकोले आगामी दिनमा धितोपत्र सूचकिरण विनियमावली, २०७५ को अक्षरस पालना गर्नु/गराउनु हुन सेचत गराउँदै कारोबार फुकुवा गरिएको छ ।’ -नेप्सेको सुचनामा उल्लेख गरिएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: