×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेले तीन इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा गर्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेप्सेले तीन इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा गर्यो

Artha Sarokar

१२ माघ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीन इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । बुधबार एक पत्र जारी गर्दै नेप्सेले सगरमाथा, लुम्बिनी जनरलन र प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो ।

एकआपसमा मर्जर प्रक्रियामा रहेका सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको आधारभूत बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ ।

यता, अजोडसँग मर्जर भाँडिएपछि प्रभु इन्स्योरेन्सको आधारभूत सेयरधनीहरुको पनि सेयर कारोबार फुकुवा गरिएको छ । प्रभुको आधारभूत सेयरधनीहरुको सेयर कारोबार भने यसअघि नै फुकुवा भईसकेको थियो ।

प्रभुसँग मर्जर भाँडेको अजोड हाल युनाइटेड इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी